यस वर्षको मदन पुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई

यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीले जनाएको छ । दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।
यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।







