सामाजिक पक्षसंग घुलमिल हुन नसक्दा न्यायले आँखामा पट्टि बाँधेको भान हुन्छः कानुनमन्त्री

छहारी संवाददाता
भदौ १, २०७६

आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले व्यक्तिका व्यवहार नसच्चियसम्म जतिसुकै नयाँ कानुन ल्याएपनि कार्यान्वयनमा जटिलता आइरहने बताउनुभएको छ ।

नेपाल सरकार, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज हेटौडामा भएको "मुलुकी संहिताहरु कार्यान्वयको एक वर्ष" समिक्षात्मक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री जमरकट्टेलले आफ्लाई सर्वेसर्वा ठान्ने प्रवृत्तिको अन्त्य नभए कानुन पालनाको चरणहरुमा समस्या भइरहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– 'म आफुलाई ठुलो ठान्छु, अरुलाई गन्दैगन्दिन, समस्या लिएर आउने व्यक्तिको स्तर हेर्छु र व्यवहार गर्छु भने पिडितले न्याय कसरी पाउँछ ? हाम्रो सेवा, हामीले गर्ने हरेक निर्णहरुले तल्लो स्तरसम्म न्याय  हुनु पर्ने होकि हैन ?'

पिडितलाई झन पिडा पुग्ने गरी काम गर्दा कानुन प्रति नागरिकको बुझाइ अझै गलत हुन जाने भन्दै मन्त्री जमरकट्टेलले भन्नुभयो– 'हामी सामाजिक पक्षसंग घुलमिल हुन नसक्दा नागरिकमा न्यायले आँखामा पट्टि बाँधेर बसेको भान हनसक्छ ।'

त्यसैले विभेद अन्त्य नभएसम्म, कुनै पनि सेवा सबैको लागि बराबर नभएसम्म र कार्यशैली परिवर्तन नभएसम्म न्यायको कुरा कुरामा मात्रै सिमित हुने मन्त्री जमरकट्टेलको भनाई छ ।

निर्धक्क जनताले आफना समस्या राख सक्ने वातावरण बनाउनु अत्यन्तै जरुरी रहेको भन्दै उहाँले जसलाई कानुनीप्रक्रियाको बारेमा थाहा छैन उनिहरुलाई झन्झट नमानी बुझाइदिनु सबैको कर्तव्य रहेको पनि बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो क्षेत्रमा भए गरेका कामको सवल र दुर्वल पक्षका बारेमा समिक्षा गर्नुका साथै न्याय सम्पादनमा आगामी दिनमा आउने चुनौती र गर्नु पर्ने सुधारका विषयमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमा नेपाल सरकार, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, उच्च अदालत पाटन हेटौडा इजलासका मुख्य न्यायाधी, न्यायधिवक्ता, प्रदेश मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, हेटौडा उपमहानगरालिकाका उपप्रमुख, स्वास्थ्यकर्मी, मानवअधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*