तीन वर्षभित्र ४२ हजार युवाले रोजगारी पाउने

छहारी संवाददाता
साउन ३२, २०७६

प्रदेश २ सरकारले अबको तीन वर्षभित्र करीब ४२ हजार युवाहरुलाई रोजगारी दिने तयारी थालेको छ ।

त्यसका लागि हिजो प्रदेश सरकारले पहिलो चरणमा बिभिन्न ६ वटा संस्थासँग बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ ।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो क्रममा मूख्यमन्त्री राउतले प्रदेश २ मा सबैभन्दा बढी बेरोजगारीको समस्या रहेकोले बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्ने लक्ष्य अनुरुप प्रदेश सरकारले युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने र स्वरोजगार बनाउने सम्झौता गरेको बताउनुभयो ।

कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिव, दलित, महिलालाई लक्षित गरि सञ्चालन गरिनेछ । नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ को प्रतिवेदनअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत रहेको छ भने प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको छ । जसमा पुरुषको १५.३ र महिला २८.६ प्रतिशत बेरोजगारी दर रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*