हेटौडामा ६ महिना भित्र ६ वटा उद्योग संचालनमा आउँदै

छहारी संवाददाता
साउन ३२, २०७६

सम्झना घिमिरे/ हेटौडा औद्योगिक क्षेत्रमा अब ६ महिना भित्र ६ वटा उद्योगहरू संचालनमा आउने भएका छन ।

हेटौंडा औद्योगिक क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको २८ वटा उद्योगहरू मध्ये यस बर्ष ६ वटा उद्योगहरू संचालनमा ल्याउने तयारी गरिरहेको औद्योगिक व्यवस्थापन क्षेत्रका कायम मुकायम व्यवस्थापक राजेन्द्र प्रसाद कंडेलले बताउनु भएको छ ।

उहाँ भन्नुहुन्छ 'हेटौंडा औद्योगिक क्षेत्रमा यसअघि जग्गा भाडामा लिइ उद्योग निर्माण तथा सञ्चालन नगरेका उद्योगीहरुलाई औद्योगिक व्यवस्थापन कार्यालयले सञ्चालन गर्न दबाब दिएपछि उद्योगहरु सञ्चालन हुने भएका हुन् ।' 

कार्यालयले औद्योगिक क्षेत्रमा उद्योग खोल्न भनी जग्गा भाडामा लिइ ओगटेर बस्ने उद्योगहरुलाई कारवाही प्रकृया अघि बढाएपछि उद्योगको निर्माणको काम सुरु हुने भएको व्यवस्थापकको भनाइ छ ।

जग्गा सम्झौता र निर्माणाधिन उद्योगहरु मध्ये साविकको औद्योगिक क्षेत्र तर्फका १६ वटा र नयां विस्तारित औद्योगिक क्षेत्र तर्फका १२ वटा गरि २८ उद्योगहरू रहेका औद्योगिक व्यवस्थापन क्षेत्रका सुचना अधिकारी राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार औद्योगिक क्षेत्रमा वैदेशिक लगानिमा रहेका ९ वटा उधोग सहित १०२ वटा उद्योगहरू संचालनमा रहेका छन भने ६ वटा उद्योगहरू बन्द अवस्थामा रहेका छन ।

औद्योगिक क्षेत्रमा जग्गा सम्झौता भई निर्माणाधिन अवस्थामा रहेका हेटौडा रबर उधोग, मदरल्याण्ड एग्रिकल्चर ई.प्रालि, ग्रिनगोल्ड इन्टरनेशनल, एपेक्स फुटवेयर इन्डस्ट्रिज लगायतका २८ वटा उद्योगहरु सञ्चालनको लागि निर्माण शुरु गरिएको व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*