अपडेटः रवि लामिछाने र युवराज कँडेललाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न आदेश

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी घटनाका आरोपी संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
आज चितवन जिल्ला अदालमा भएको थुनछेक बहस पछि उनिहरुलाई हिजोदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न आदेश जारी भएको हो ।
पाँच दिनको अनुसन्धान पछि उनिहरुलाई पुनः अदालतमा उपस्थित गराइनेछ । बरिष्ठ अधिवक्ता सुनिल पोखरेल र स्थानिय २ जनाले लामिछाने र कँडेको मुद्धा हेर्नु भएको छ ।
कुनै पनि घटनाको आरेपीलाई पटक पटक म्याद थप गरी बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहिबार साँझ उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनिहरुलाई राती २ बजे चितवन ल्याइ पुर्याइएको थियो । उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।
हिजो आफन्त कसैलाई भेट गर्न नदिएको भए पनि आज बिहान रवि लामिछानेकी पत्नी निकिता र कार्यक्रम सिधा कुरा जनतासंका प्रोडुसर दीपक बोहरासंग भेट गर्न दिइएको थियो ।
यसैबीच समर्थकले रविको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् । समर्थकहरुले रविको तत्काल रिहाइको माग गर्दै नाराबाजी समेत गरेका छन् ।







