दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा

छहारी संवाददाता
साउन ३१, २०७६

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गाईजात्रा आज देशका विभिन्न शहरमा मनाइएको छ ।

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ । गाईजात्रा विषेशगरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो ।

यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

कसैले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न सुरु गरेको किंवदन्ती छ ।

यसैक्रममा नेवा सास्कृतिक  पुच  मकवानपुरले पनि सामुहिक गाइजात्रा पर्व मनाएको छ। हेटौंडाका विभिन्न स्थानबाट झाँकी, बाजागाजा सहित रयाली निकालेर सामुहिक गाइजात्रा पर्व मनाइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*