पुडासैनीको आत्महत्या सम्बन्धी घटनामा पक्राउ परेका रवि लामिछानेको थुनछेक बहस सुरु

छहारी संवाददाता
साउन ३१, २०७६

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी घटनाका आरोपी संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्वास्थ्यकर्मी अस्मिता कार्कीको जिल्ला अदालत चितवनमा अहिले थुनछेक बहस चलिरहेको छ ।

पटक पटक म्याद थप गरी बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान रहे पनि आजको थुनछेक बहसपछि रिह गरेर अनुसन्धान गर्ने भन्ने टुङगो लाग्नेछ । बरिष्ठ अधिवक्ता सुनिल पोखरेलर स्थानिय २ जनाले उहाँहरुको मुद्धा लडिरहनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहिबार साँझ उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनिहरुलाई राती २ बजे चितवन ल्याइ पुर्याइएको थियो । उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।

हिजो आफन्त कसैलाई भेट गर्न नदिएको भए पनि आज बिहान रवि लामिछानेकी पत्नी निकिता र कार्यक्रम सिधा कुरा जनतासंका प्रोडुसर दीपक बोहरासंग भेट गर्न दिइएको थियो ।

यसैबीच समर्थकले रविको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् । समर्थकहरुले रविको तत्काल रिहाइको माग गर्दै नाराबाजी समेत गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*