बरुण बेभरेजलाई २ लाख जरिवानाको फैसला

बहुर्राष्ट्रिय कम्पनी बरुण बेभरेजलाई अदालतले २ लाख जरिवाना गर्ने फैसला गरेको छ ।
उपभोक्ता हीत संरक्षण मन्चले घरेलु तथा साना उद्योग कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने बहुर्राष्ट्रिय कम्पनी बरुण बेभरेजलाई अदालतले २ लाख जरिवाना गर्ने फैसला गरेपछि उपभोक्तामा उत्साह थपिएको उपभोक्ता हित संरक्षण मन्चले जनाएको छ।
उपभोक्ताको पक्षमा लड्दै आएका उपभोक्ताबादीहरुलाई मात्र होइन यो प्रकरणले आम उपभोक्तालाई समेत उत्साह थपेकोे उपभोक्ता हीत संरक्षण मन्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले बताउनुभयो ।
माउन्टीन डीउको सील नखोलीएको बोतलभीत्र गुट्खाको खोल फेलापरेपछि उपभोक्तालाई सचेत पार्न समाचार प्रस्तुत गरेसंगै टीम टेलीभीजनले आवश्यक कानूनी करवाही प्रकृया अघि बढाउन उपभोक्ता हीत संरक्षण मन्चलाई डीउको बोतल हस्तान्तरण गरेको थियो ।
जिल्ला न्यायधिश सीता शर्मा अधिकारीको इजलाशले उपभोक्ता ऐन २०५४ को दफा १८ ९ङ० बमोजिम २ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेपछि उपभोक्ताहरुमा थप हौसल मिलेको हो ।
यो प्रकरणले आम उपभोक्तको स्वास्थ्यमा ध्यान दिँदै अन्य उत्पादक कम्पनीहरु समेत सचेत उपभोक्ता हीत संरक्षण मन्चले जनाएको छ ।







