सरकार श्रमजिवी पत्रकारको पक्षमा छः कानुन मन्त्री जम्कट्टेल

छहारी संवाददाता
साउन ३१, २०७६

प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आफु सधै श्रमजिवी पत्रकार ऐन लागू गर्ने बताउनुभएको छ ।

प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले हेटौंडामा आयोजना गरेको पत्रकारहरुको लागि प्रेस पासका लागि सिएमआईएस सफ्टवेयर सञ्चालन र आवेदन प्रक्रियाबारे छलफल कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकार श्रमजीवीको पक्षमा रहेको र उक्त ऐन तुरून्त लागू गर्ने बताउनुभएको हो ।

सफ्टवेयरको विषयमा बोल्दै मन्त्री जम्कट्टेलले प्रदेशका सम्पुर्ण मिडिया हाउसलाई दर्ता गर्न समेत आग्रह गर्नुभएको छ । उहाँले रजिष्ट्रारले प्रदान गर्ने प्रेस पास पहिलो चरणमा स्वतन्त्र पत्रकारहरुलाई मात्र प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जेष्ठ पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने कार्यक्रमको योजना तयार हुदैं गरेको बताउनुभयो ।

सञ्चार रजिष्ट्रार कार्यालयले अबका दिन जेष्ठलाई पेन्सन, महिला पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने काम सुरु गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले विपदको समयमा समाचार संकलन गर्न जाने पत्रकारलाई व्याग, ल्यापटप र अन्य आधारभुत आवश्यकतकाा सञ्चार साधन पत्रकार महासंघ मार्फत उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

सञ्चार रजिष्ट्रार कार्यालयले प्रदान गर्ने पासले श्रमजिवि पत्रकार ऐन माथी केहि समस्या आउछ कि रु भन्ने पत्रकारहरुको जोड प्रश्न थियो ।

पत्रकार पास लिन पत्रकारितामा स्नातक गरि १० वर्ष काम गरेको र अन्य विषयमा स्नातक गरि पत्रकारिता गरेको १५ वर्षको अनुभव भएको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायत जिल्लामा कार्यरत पत्रकारहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*