सुनको मूल्य एकै दिनमा १ हजार २ सयले बृद्धि, प्रतितोला ७१ हजार ५ सय

छहारी संवाददाता
साउन ३१, २०७६

सुनको मूल्य प्रतितोला ७१ हजार ५ सय पुगेको छ ।

पछिल्लो केहि समयदेखि उकालो लागेको छापावाल सुनको मूल्य आज प्रति तोला १ हजार २ सय रुपैयाँले बढेर ७१ हजार ५ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।

यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।

चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । अमेरिका चिन व्यापार युद्ध र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटाउने निर्णयले सुनको बजारलाई प्रभावित बनाएको व्यवसायीहरुले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*