सदाचार प्रबद्र्धनका लागि अभिमुखीकरण

छहारी संवाददाता
साउन २९, २०७६

सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीलाई सदाचार प्रबद्र्धनका लागि अभिमुखीकरण गरिएको छ ।

कर्मचारीहरुलाई चेतनामुलक प्रबचनद्धारा बिचार र सोचमा परिवर्तन ल्याइ सदाचारितामा वृद्धि गराउने अभिप्रायले मंगलबार हेटौंडामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

भ्रष्ट्राचार बिरुद्धको नागरिक निगरानी सँस्थाका अध्इक्ष देव बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरु इन्द्र गुरुङ र बिजयराज सिग्देलले सदाचारिताको आवश्यकता र व्यवहारिक प्रयोगका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

भ्रष्ट्राचार बिरुद्धको नागरिक निगरानी सँस्था, प्रदेश नम्बर तीनको मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर तीनका प्रमुख सचिव आनन्दराज ढकाल लगायत प्रदेश नम्बर तीनका विभिन्न मन्त्रालयहरु, डिभिजन कार्यालयहरु तथा जिल्ला कार्यालयहरुका प्रमुखहरुको सहभागिता रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*