हेटाैंडामा तिजलाई मध्यनजर गर्दै व्यापार मेला

५० वटा स्टल सहित महिला उधमि संघले पल्पसा हलमा भदाै ५ गतेदेखि ३ दिन मेला अायाेजना गर्ने भएकाे छ ।
घरेलु तथा साना एवं लघु उद्यमी व्यवसायीहरुको उत्पादन प्रवर्दनमा टेवा पुगोस भन्ने उद्देश्यले हेटौडामा श्रृजनशील उद्यमी मेला २०७६ आयोजना हुने भएको हाे ।
अाज अायाेजित पत्रकार सम्मेलनका प्रमुख अतिथि
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मेलाकाे सफलताकाे लागि अाफ्नाे पक्षबाट हुनसक्ने हरेक किसिमकाे सहयाेग समन्वय गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएकाे छ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला श्रृजनशील केन्द्र काठमाडौंको संयुक्त आयोजनामा हुने मेलाले हरितालिका तीज देखि दशैं तथा तिहारसम्मलाई लक्षित गरि श्रृङ्गार सामग्री, दैनिक उपभोग्य बस्तु, कृषि उपज, दुग्धजन्य पदार्थ, स्थानिय कच्चा पदार्थबाट उत्पादित हस्तकला सामग्रीहरु पदर्शनमा राखिने पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएकाे छ ।
सम्मेलनमा मकवानपुर महिला उधमि व्यवसायि संघकि अध्यक्ष सुशिला पाण्डेले मेला मार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गराैं- घर घरमा रोजगारीको अवसर श्रृजना गरौं भन्ने सरकारको आह्वानलाई यो मेलाले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।







