तीज, दशैं र तिहारलाई लक्षित गरि हेटौडामा श्रृजनशील उद्यमी मेला हुँदै

छहारी संवाददाता
साउन २७, २०७६

आगामी भदौ ५ गते देखि हेटौडामा श्रृजनशील उद्यमी मेला २०७६ आयोजना हुने भएको छ ।

मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला श्रृजनशील केन्द्र काठमाडौंको संयुक्त आयोजनामा हुने मेला ३ दिन सम्म संचालन हुनेछ ।

घरेलु तथा साना एवं लघु उद्यमी व्यवसायीहरुको उत्पादन प्रवर्दनमा टेवा पुगोसु भन्ने उदेस्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलामा हरितालिका तीज देखि दशै तथा तिहारसम्मलाई लक्षित गरि श्रृङ्गार सामग्री, दैनिक उपभोग्य बस्तु, कृषि उपज, दुग्धजन्य पदार्थ, स्थानिय कच्चा पदार्थबाट उत्पादित हस्तकला सामग्रीहरु पदर्शनमा राखिने आयोजकले जनाएको छ ।

मेलामा ५० ओटा स्टल रहने छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं–घर घरमा रोजगारीको अवसर श्रृजना गरौं भन्ने सरकारको आह्वानलाई यो मेलाले टेवा पुग्ने आयोजकको विश्वास छ । मेला भदौ ७ गते सम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*