बकर इद आज धुमधामका साथ मनाइँँदै

छहारी संवाददाता
साउन २७, २०७६

मुस्लिम धर्मावलम्बीहरुले बकर इद आज धुमधामका साथ मनाउँदै छन् ।

बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको दोस्रो ठूलो चाड हो । यो पर्वमा मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन छ ।

बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबका लागि मस्जिदमा दिने, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।

आज बिहानैदेखि मुस्लिमहरु मस्जिदमा भेला भइ शुभकामना आदानप्रदान गरिरहेका छन् ।

यसैबीच इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिएको छ । बकर इदका अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिनु भएको छ ।

विभिन्न समुदायका चाडपर्व, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने भन्दै उहाँहरुले शुभकामना दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*