साउन ३२ गते राष्ट्रिय कलाकारहरु हेटौडा आउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती मकवानपुरको १० औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशन हेटौडामा आयोजना हुने भएको छ ।
यही साउन ३२ गते शनिवार बिहान ११ बजेदेखि पल्पसा हल सांस्कृतिक कार्यक्रम सहित जिल्ला अधिवेशन हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्यक्रमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्रि पंगेनि आउने जिल्ला अध्यक्ष राजन वोगटीले जानकारी दिनुभयो ।
कार्यक्रममा कलाकारहरु केन्द्रीय सचिव राधिका हमाल, प्रथम उपाध्यक्ष पशुपती शर्मा, महिला उपाध्यक्ष रीता थापा, सचिव कृष्ण रेउले, गायक शिव हमाल लगायत प्रदेश तीनका स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
६ सय जना क्रियाशिल सदस्य रहेको प्रतिष्ठानले ३ वर्षे कार्यकालका लागि नया कार्यसमिती चयन गर्नेछ भने मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने जनाइएको छ ।







