हेटौडामा पहिलो पटक गाईजात्रा

प्रदेश तीनको अस्थायी राजधानी हेटौडामा पहिलो पटक गाईजात्रा हुने भएको छ ।
लायन्स क्लब तथा लियो क्लबको संयुक्त आयोजनामा आगामी भदौ २ गते हेटौडाको ओम्याक्स हलमा गाइजात्रा विषेश कार्यक्रम हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
गाइजात्रामा मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिती रहने बताइएको छ । कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
हेटौडामा भिमफेदीमा रहेका कैदीबन्दीहरुलाई लाइब्रेरी निर्माण तथा खाना खाने प्लेटको अभाव रहेको जानकारी प्राप्त भएकाले त्यसको समाधानका लागि खर्च गरिने कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ नारायणी मलका अध्यक्ष अन्जल दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा करीब ४ सय जनाको सहभागीता रहने अपक्षा गरिएको आयोजकले जनाएको छ । गाइजात्रा हेर्नका लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ ।
टिकट ओम्याक्स हल, नारायणी मल, स्कुलरोडमा रहेको विद्यार्थी पुस्तक पसल, हेटौडा सुपर मार्केट कफीबार, तास हाउस लगायतमा लिन सहिने छ ।
कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, रवि डुङगेल, सन्ध्या बुढा, जोगिन्दर रिजाल, यमन श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।







