मुख्यमन्त्री पौडेलको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिः "कहिलेकाहीँ मुख्यमन्त्री पद विर्सने गरेको छु"

छहारी संवाददाता
साउन २७, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले कहिलेकाहीँ आफुले मुख्यमन्त्री हुँ भन्ने विर्सने गरेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भएको छ ।

जिल्ला समन्व्य समिति मकवानपुरको चौथो जिल्ला सभाको आज हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले विभिन्न सभा समारोहमा उपस्थित हुँदा आफुले मुख्यमन्त्री हुँ भन्ने विर्सने गरेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भएको हो ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछाप हुने भन्दै पछिल्लो पटक दिएको अभिव्यक्ति प्रति कार्यक्रममा सहभागीहरुले ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पौडेलले कहिलेकाँही बोल्दा मुख्यमन्त्रीको पद भुल्ने गरेको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री पौडेल पटक पटक राजधानीको विषयमा विवादमा पर्ने गर्नुभएको छ ।

यद्यपी उहाँले मुख्यमन्त्रीले राजधानी बाहिर लान्छ भन्ने कल्पना जसले गर्छ उसलाई पाप लाग्ने टिप्पणी गर्नुभयो ।

स्थायी राजधानीको विषय दुई तिहाइ मतले निर्णय गर्ने भन्दै उहाँले प्रदेश सभामा ९० प्रतिशत भन्दा बढी मत राजधानी सार्नुपर्छ भन्नेमा रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा उहाँले हेटौंडाको बजार क्षेत्रमा २५/२५ मिटर सडक फराकिलो पार्ने नाममा भौतिक संरचना भत्कन नदिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले राजमार्ग कुनैपनि शहरको बिचबाट लान नपाइने बताउनुभयो ।

हेटौंडा बजार क्षेत्रमा सडकको दायाँ बायाँ १६/१६ मिटर मात्र भत्कने बताउँदै उहाँले भन्नुभयो– '२५ मिटर भन्दा पछाडी घर भएकाहरुले सडकमा घर आईपुग्छ भनेर सपना नदेखे हुन्छ ।' उहाँले भन्नुभयो– ‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटर भत्कीन सुरु भएपछि सबैभन्दा पहिले मेरै घरमा डोजर चलाउँछु ।'

कार्यक्रममा मुख्यमन्त्री पौडेलले संबिधानले दिएको अधिकार भन्दा धेरै जिल्ला समन्वय समिति मकवापुरले काम गरेको बताउनुभयो ।

प्रदेश तीनका १३ जिल्ला मध्ये जिसस मकवानपुरले सशक्त भूमिका निर्वाह गर्दै प्रथम स्थानमा रहेर काम गरेको भन्दै उहाँले प्रसंशा गर्नुभयो । उहाँले जिसस मकवानपुर प्रति प्रदेश सरकारको सधैं सकारात्मक दृष्टिकोण रहने समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*