सडक विस्तार कार्यलाई राजनितिक विषय बनाउन नहुने :मधु अधिकारी

छहारी संवाददाता
साउन २६, २०७६

हेटाैंडा बजारकाे २५ मिटर बाटाे विस्तारकाे विषयलाई राजनितिक विषय बनाउन नहुने धारणा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष मधु अधिकारिले व्यक्त गर्नु भएकाे छ ।
जिल्ला समन्वय समिति मकवानपुरकाे चाैथाे जिल्ला सभा कार्यक्रममा बाेल्नुहुदैँ उहाँले भन्नुभयाे-" मुअाव्जा सहितकाे २५ मिटर सडक विस्तार कार्यलाई तुरून्त समाधान गर्नुपर्छ । "
प्रदेश सरकार र संघिय सरकार वीच समेत तालमेल नभएकाे कुरालाइ इङ्गित गर्नुहुँदै उहाँले ३ नं प्रदेशकाे राजधानीकाे विषयलाई समेत टुङ्याउनुपर्ने बताउनुभयाे ।
पुर्वाधार, वातावरण, उपलब्ध स्राेत साधनकाे दृष्टिकाेणले हेटाैंडानै ३ नं प्रदेशकाे राजधानि उपयुक्त रहेकाे र अन्य जिल्लामा सार्न नहुनेमा अधिकारिकाे अडान थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*