मकवानुर जिल्ला सभा सुरू

जिल्ला समन्वय समिति मकवानपुरकाे अाज चाैथाे जिल्ला सभा सञ्चालन भईरहेकाे छ ।
कार्यक्रम ३ नं प्रदेशका मुख्यमन्त्रि डाेरमणि पाैडेलले पानसमा बत्ति बालेर उद्घघाटन गर्नुभएकाे थियाे । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले अाव २०७६/७७ काे प्रतिवेदन प्रस्तुत गर्नुहुदैँ छ । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले स्थानिय सरकारले घरघरमा काम, हातहातमा दाम, घरघरमा झण्डा, सुत्केरिलाइ कुखुराकाे अण्डा, दिगाे विकासका लागि सहभागितात्मक कार्यक्रममा सहभागी भइरहेकाे कुरा व्यक्त गर्नुभएकाे छ ।
उहाले प्रतिबेदन प्रस्तुत गर्दै जिल्ला समन्वय समितिकाे भावि नीति तथा याेजना अन्तर्गत उत्कृष्ट स्थानिय तह छनाैट यसै बर्ष देखि गर्ने समेत बताउनु भयाे ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य केदार न्याैपाने, ३ नं प्रदेशका प्रमुख सचिब अानन्दराज ढकाल, नगरपालिका प्रमुख, उपप्रमुख, गाउपालिका अध्यक्ष, उपाध्यक्ष , सुरक्षा निकायका प्रमुखहरू, ट्रेड युनियनका प्रतिनिधिहरू लगायतकाकाे सहभागिता रहेकाे छ ।







