मकवानपुर शारीरिक सुगठन तथा फिटनेश संघमा राजेश भेटवाल

मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरमा राजेश भेटवालकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन भएकाे छ ।
जसमा वरिष्ठ उपाध्यक्षमा राजु नेपाल उपाध्यक्षमा महेश कर्माचार्य र हेम श्रेष्ठ सचिवमा सुजन श्रेष्ठ काेषाध्यक्षमा कन्हैया शाह रहेका छन । त्यसैगरि सदस्यहरूमा साैरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्याैपाने, अमृत लामा, अनिल श्रेष्ठ लगायतका रहनुभएकाे छ ।
मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघका अायाेजनामा १२ अाै साधारण सभा तथा ५ अाै अधिबेशनबाट अध्यक्ष पदमा राजेश भेटवाल सहित नवनिर्वाचित सदस्यहरूलाई पदभार हस्तान्तरण भयकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरि बहादुर महतले हेटाैडा उपमहानगरपालिकालाइ स्वस्थ बनाउने विषयमा अाफ्नाे तर्फबाट सक्दाे सहयाेग गर्ने कुरा बताउनुभएकाे थियाे ।
फिटनेस संघका अध्यक्ष शिव कुमार कार्कािकाे सभापतित्व तथा हेटाैडा उपमनपा प्रमुख हरिबहादुर महतकाे प्रमुख अातिथ्यता तथा संघका संस्थापक अध्यक्ष तथा संघका केन्द्रीय सदस्य सुनिल अधिकारी , मउवासंघ मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद कटुवालकाे विशेष अातिथ्यतामा भयकाे थियाे ।







