महिला संघ मकवानपुरले गर्याे राहत वितरण

छहारी संवाददाता
साउन २४, २०७६

नेपाल महिला संघको ७२ अौ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका ५ का बाढीपीडितहरुलाई अाज खाद्यान्न सामाग्री वितरण गरेको छ ।

महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख अातिथ्यतामा बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिनाले महिला संघले ७२ अौ स्थापना दिवसमा जिल्लामा कोठामा बसेर कार्यक्रम गर्नुभन्दा बाढीपीडितको घाउँमा मल्हमपट्टी लगाउने सह्हानीय कार्य गरेकोमा धन्यवाद दिनुभयो ।

कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको बताउँदै नेतृ डिनाले सरकारले केही नगरिरहेको अवस्थामा कांग्रेस मकवानपुर जिल्लाभर पीडितको घरदैलोमा पुगेर सहयोग गरिरहेको बताउनुभयो ।

गत असार २७ गतेदेखि परेको अविरल वर्षातका कारण गएको बाढीपहिरोले घर भत्केका भीमफेदी गाउँपालिका ५ दमार, बासथला टोलका १० घरपरिवारलाई महिला संघ मकवानपुर र कांग्रेस भीमफेदी गाउँपालिकाको संयुक्त सहयोगमा जस्तापाता, चामल, तेल, नुन, चाउँचाउँ, विस्कुट, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*