ऐन कर्मचारीमैत्री हुनुपर्छ : अध्यक्ष रावल

छहारी संवाददाता
साउन २४, २०७६

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले संघीय निजामती सेवा ऐनबारे सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताउनुभएकाे छ ।

अाफ्नाे भाग्य र भविश्य संग जाेडिएकाे विषय भएकाेले यस विषयमा अाफुहरूसँग छलफल गर्नुपर्ने बताउनुभएकाे हाे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाँले ,‘हामीसँग छलफल नगरेकोमा हामी आक्रोशित रहेकाे समेत बताउनुभयाे । हामीसँग सल्लाह नगरी ऐन ल्याईयो भने हामीलाई यो मान्य हुनेछैन् ।

उहाँले अहिले बन्दै गरेको उक्त ऐनबारे आफूहरुलाई गुमराहमा राखिएको भएपनि मिडियाले त्यसका अन्तरवस्तु बाहिर ल्याईदिएको भन्दै धन्यवाद समेत दिनुभएयाे । उहाँले भन्नुभयाे,‘अब आउने ऐन कर्मचारीमैत्री होस् । ट्रेड युनियनमैत्री होस् । हाम्रो भूमिकालाई नजरअन्दाज नगरियोस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*