सक्सन विग्रदा नगरबासी मर्कामा

छहारी संवाददाता
साउन २२, २०७६

सम्झना घिमिरे

              एक दशक देखि हेटाैडा उपमनपा कार्यालयमा सञ्चालनमा रहेकाे सक्सन विग्रिदा हेटाैडा नगरवासि मर्कामा परेका छन ।

नगरभित्रका नगरवासीहरूकाे व्यक्तिगत सेफ्टि ट्याङ्कि न्युनतम मुल्यमा सफा गर्ने मेसिन नै सक्सन मेसिन हाे ।

हेटाैडा उपमनपा ११ बस्ने राजु महत नगरपालिकामा सक्सन बन्ने अाशामा धेरै धाइरहेकाे तर सधै निराश भयर फर्कनु परेकाे बताउछन । उनी मात्र हाेइन दिनहुँ जसाे ४/५ जना नगरवासिहरू नगरपालिका कार्यालय अाउदै फर्कने गरेका छन ।

वि सं २०६६ पाैषमा १८ लाख ८० हजार रकममा खरिद गरिएकाे ना १ ट १८१३ नंकाे सक्सनले हेटाैडा उपमनपा भित्रका सम्पुर्ण नगरवासिकाे सेफ्टि ट्याङ्कि सफा गरि सेवा पर्याउँदै अाएकाेमा विगत ३/४ महिनादेखि उक्त मेसिनकाे सक्सन पम्प विग्रदा नगरवासीलाई समस्या परेकाे हाे ।
हेटाैडा उपमनपा कार्यालयका जिन्सि शाखाका बरिष्ठ सहायक विनाेद सुवेदिका अनुसार सक्सनकाे उक्त पार्ट विग्रदा नगरपालिकाबाट उक्त सेवा प्रदान गर्न नसकेकाे र उक्त मेसिन बनाउन पहल गरिरहेकाे बताउनुभयाे । उक्त विग्रियकाे पार्ट नेपालमा नपाउने र भारतकाे हरियाणामा पाउने जानकारि भर्खर अायकाे छ अब १०/१५ दिनमा उक्त पार्ट ल्याउने पहल भएकाे जानकारि गराउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*