स्ट्रिङ अपरेसनका कारवाहिमा बृद्दि

छहारी संवाददाता
साउन २०, २०७६

अघिल्लाे बर्षकाे तुलनामा याे बर्ष स्टिङ अप्रसेसनकाे संख्यामा दाेव्बरले वृद्दि भयकाे छ । अाव २०७४/०७५ मा ९ वटा मात्रै स्ट्रिङ अपरेसन भयकाे थियाे । भने अा ब २०७५/०७६ मा २० वटा स्टिङ अपरेशनका आबश्यक कारबाहीकालागी बिशेष अदालतमा पेश गरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३ नम्बर प्रदेश कार्यालय हेटौंडाले जानकारि गरायकाे छ ।

त्यसैगरि स्थानीय सरकार बिरुद्धको उजुरी संख्या पनि बढेको आयोगले बताएको छ । आर्थिक बर्ष २०७४/०७५मा आयोगको कार्यालयमा ६ सय ६० वटा भष्ट्राचारको उजुरी परेका थिए । गतआर्थिक बर्षमा यो संख्या बढेर ११०० उजुरी दर्ता भएका छन ।

स्थानीय तह बिरुद्ध मात्रै आयोगमा ६ सय ५६ उजुरीहरु परेका छन । जसमा स्थानीय तहको शिक्षासँग सम्बन्धित बिरुद्ध दुइ सय ३३ र बाँकी बिषयमा ४ सय २३ वटा उजुरी दर्ता भएका हुन । मकवानपुरका स्थानीय तहहरु बिरुद्ध शिक्षा बाहेक ५१ वटा उजुरी परेका छन ।

स्थानीय निकायकै शिक्षासँग सम्बन्धित २८ वटा उजुरी परेका छन । प्रदेश सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सम्बन्धमा २७ वटा उजुरी परेका छन भने उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयमा बन र बातावरण सम्बन्धी ७४ वटा उजुरी परेको कार्यालय प्रमुख हुम कला पाण्डे ले बताउनुभयाे ।

उजुरी मध्ये ७० प्रतिशत मुद्दा फछ्र्यौट भैसकेको पाण्डेले दाबी गर्नुभयो । आयोगमा दर्ता भएका उजुरी मध्ये एक सय ३२ वटा उजुरी बिस्तृत अनुसन्धानमा गएका थिए जसमध्ये ९९ वटाको छानबिन भैरहेका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*