शिक्षाले राष्ट्रलाई माथि उचाल्छ’,’रमाइलो विद्यालय अभियान’

छहारी संवाददाता
साउन २०, २०७६

डोल्पाको एक सामुदायिक विद्यालयमा शिक्षाले राष्ट्रलाई माथि उचाल्छ','रमाइलो विद्यालय अभियान' लेखियकाे झाेला सहित लाखौँ रकम बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ।

नेपाली कांग्रेसका नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले शैक्षिक सामग्री पठाएका हुन्। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू खुसीले दंग छन्।

त्रिपुरासुन्दरी नगरपालिका १ मा रहेको त्रिपुरा मावि काटियाँचौरमा अध्ययनरत दलित, विपन्न, अनाथ, अपांग लगायतका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय व्‍यवस्थापन समितिका अध्यक्ष देवीकृष्ण उपाध्यायको पहलमा कापीको बाहिरी आवरणमा 'स्कुल इन अ ब्याग'लेखेर गगन थापाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

नेताद्धयले पठाएको एकसय थान झोला,एकहजार थान कापी, त्यत्तिकै संख्‍यामा पेन्सिल र इरेजर लगायतका शैक्षिक सामग्री विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यार्थीलाई केही राहत होला भनेर काठमाडौं नै पुगेर शैक्षिक सामग्री ल्याउन पहल गरेको समिति अध्यक्ष उपाध्यायले बताउनुभयकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*