ज्येष्ठ नगरिकको दायित्व सरकारले नै लिनुपर्ने 

छहारी संवाददाता
साउन ११, २०७६

महिला तथा सामाजिक समितिका सदस्यहरुले जीवनयापन गर्ने कुनै आधार नभएका ज्येष्ठ नगरिकको दायित्व पूर्णरुपमा सरकारले नै लिनुपर्ने सुझाव दिएका छन् ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्य लक्ष्मणलाल कर्णले आयस्रोत कम हुने परिवारका ज्येष्ठ नागरिकको दायित्व राज्यले नै लिनुपर्ने सुझाव दिनुभयो  ।

पर्याप्त सम्पत्ति भएर पनि ज्येष्ठ नागरिकहरु छोरा–छोरीबाट उपेक्षित भएका उदाहरण धेरै रहेको भन्दै राज्य नै उनीहरुको संरक्षक बन्नुपर्ने धारणा राख्नुभयो ।

समितिका अरु सदस्यहरुले निजामती कर्मचारी, व्यवसायी र निजी क्षेत्रबाट पनि आम्दानीको केही हिस्सा ज्येष्ठ नागरिकहरुलाई छुट्याउनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा तयार पार्न लागिएको विधेयकमा दन्ड, सजाय र पुरस्कारको व्यवस्था पनि समावेश हुनुपर्ने र पारिवारिक सम्बन्धलाई पनि ध्यानमा राख्दै कानुन निर्माण गरिनुपर्नेमा उनीहरुको जोड छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*