बाढी पहिरोको विपदमा परि अहिलेसम्म देशभर १११ जनाको मृत्यु

छहारी संवाददाता
साउन १०, २०७६

मनसुनपछिको विपदका कारण मुलुकभर एक सय ११ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् ।

यस्तै बाढीबाट रौतहटमा १० जनाको मृत्यु भएको  केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढि बाढीबाट ५८ जनाको मृत्यु भएको छ ।

पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । बाढीबाट  एक सय २८ घटना भयो भने पहिरोका २ सय ८ घटना भएको केन्द्रले जनाएको छ ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट एक अर्बभन्दा बढीको क्षति भएको छ ।

यस्तै पहिरोबाट दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*