विपदका बेला सबै दल एक ठाउँमा उभिनुपर्छः रिजाल

छहारी संवाददाता
साउन ९, २०७६

वर्षापछिको विपदका विषयमा प्रतिनिधिसभामा छलफल भएको छ ।

आज प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।

काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताउनुभयो ।

मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश बताउनुभयो ।

विपदका बेला सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उहाँले प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाउनुभयो ।

दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको नेता यादवको आरोप थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*