निर्मला हत्याको अनुसन्धानमा अधिकारी तथा चिकित्सकको टोलीले लापरवाही गरेको निश्कर्ष

छहारी संवाददाता
साउन ८, २०७६

निर्मला पन्तको हत्यासम्बन्धी अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । लापरवाही भनेको हेलचेक्र्याइँ भन्दा मास्तिरको आपराधिक कार्य हो र यो दण्डनीय हुन्छ ।

फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ( मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक(फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ ।

संवैधानिक आयोगका रुपमा रहेको राष्ट्रिय मानवअधिकार आयोगले गत माघमा नै यसबारे सरकारलाई ४ बुँदे सिफारिस र २४ बुँदे निर्देशन बुझाइसकेको छ ।

आयोगले सिफारिस गर्नुपूर्व नै सरकारले कञ्चनपुरका एसपी डिल्लीराज विष्टसहितका प्रहरीहरुलाई निलम्बन लगायतको विभागीय कारवाही अगाडि बढाइसकेको थियो । तर, निर्मलाको शव परीक्षण गर्ने चिकित्सकहरुमाथि चाहिँ कारवाही वा छानविन भए नभएको बारे स्वयं आयोग नै अहिलेसम्म बेखबर छ।

संविधानको धारा २४९ को ९२० अनुसार आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने बाध्यकारी हुन्छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले आयोगको सिफारिस सरकारबाट कार्यान्वयन भइरहेको दाबी गरेका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्र थिापाले भने, ‘आयोगले पठाएको, कार्यान्वयन भइरहेको छ । अझ पनि अनुसन्धान जारी छ । आयोगले दिएका निर्देशनहरुलाई हामीले दृढतापूर्वक लागू गरिराखेका छौं । मुख्य कुरा अपराधीहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ ।’ अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*