काँग्रेस र राजपाले आज संसद अवरुद्ध नगर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले आज संसद बैठक अवरुद्ध नगर्ने सहमति गरेका छन् ।
बिहान सिँहदरबारमा भएको भएको छलफलमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सर्तमा कांग्रेस र राजपाले संसद चल्न दिने सहमति जनाएका हुन् ।
सहमति अनुसार कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नेछन् ।
सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको छलफलमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी तथा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए ।
सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गुरूङको उपस्थितीमा छलफल भएको हो ।
सहमतिपछि आज दिउँसो २ः३० बजेका लागि संसद बैठक बोलाइएको छ ।
यसअघि १ बजेका लागि निर्धारित बैठक २ः३० बजे राख्ने र एकबजे कार्यव्यवस्था समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।हिमालखबर







