चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिंदै

छहारी संवाददाता
साउन ८, २०७६

सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

साढे आठ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य प्राप्तिमा टेवा पुग्ने उद्देश्यसहित सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको हो ।

बढ्दो शोधानन्तर र व्यापार घाटाले मुलुकको बाह्य क्षेत्र कमजोर बनेको, व्याजदरको उतारचढावले वित्तिय क्षेत्र अस्थिर बन्दै गएको र मूल्यबृद्धि बढ्दो क्रममा रहेको लगायत चुनौतिकाबीच राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो ।

राष्ट्र बैकंका अनुसार आज बिहान बस्ने बैठकको निर्णय अनुसार आज दिउँसो नीति सार्वजनिक हुनेछ ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*