लगातारको वर्षाले हेटौँडाका केहि स्थानको अवस्था पुनः यस्तो (तस्विरहरु)

गएराती देखि परेको लगातारको वर्षाका कारण जनजिवन प्रभावित भएको छ ।
लगातारको वर्षाले प्रदेश ३ को हेटौँडाका विभिन्न वडा पुनः डुवानमा परेका छन् । हेटौँडाको वडा नम्बर ४ र ५ का केहि स्थान डुवानमा परेका छन् ।
कर्रा खोलामा बाढी आउँदा ट्रक बगाएको छ भने पहिरोले धरान चतरा सडक खण्ड अवरुद्ध भएको छ ।
हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेकाले विभिन्न क्षेत्रमा बाढी र पहिरोको उच्च जोखि रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिम र पूर्वका केही जिल्लाहरुमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज पश्चिम तराईका केहि स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
आज र भोली देशभरका अधिकांश स्थानमा पानी पर्ने र पर्सी शुक्रबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।







