कर्रा खोलामा बाढी आउँदा ट्रक बग्यो, पहिरोले धरान चतरा सडक खण्ड अवरुद्ध

गएराति देखि लगातार परेको वर्षाले हेटौडाको कर्रा खोलामा बाढी आउँदा एउटा ट्रक बगाएको छ ।
कर्रा खोलामा आएको बढिले हेटौंडा १७ हटियामा रहेको सिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रक पुरिए पनि मानविय क्षति भने नभएको प्रहरी जनाएको छ ।
वर्षा भइरहेकाले ट्रकलाइ उद्धार गर्न कठिनाइ भएको छ। ट्रक पुर्ण रुपमा पुरिएको र देखिएकोअवस्थामा नरहेको प्रहरी जनाएको छ।
यसैबीच हेटौंडाबाट हटिया हुदै फापरबारी,राइगाउ पुग्ने धरान चतरा सडक खण्डमा पहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको छ ।
बकैया ५ श्रीपुरमा पहिरो खस्दा छतिवन, फापरबारी, राइगाउ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
सडक अवरुद्ध हुँदा उक्त सडक खण्ड भएर चल्ने सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् । वर्षा रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ।







