मालवाहक कन्टेनरले थिचेर हेटौडामा २ जनाको मृत्यु (फोटो फिचर)

छहारी संवाददाता
साउन ७, २०७६

मकवानपुरको हेटौंडा–१५ रातोमाटेमा भारतीय मालवाहक कन्टेनरले थिचेर २ जनाको मृत्यु भएको छ ।

घटनामा ८ जना घाइते भएका छन् । गम्भिर घाइते १ जनालाई उपचारको लागि भरतपुर रिफर गरिएको छ भने अन्यको घाइतेको हेटौडा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् ।

कन्टेनरले थिचेर अटो चालक हेटौडा ९ पशुपतिनगर बस्ने २८ वर्षिय सुजन ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक जनाको पहिचान खुल्न बाँकी छ ।

विरगंजबाट हेटौडा आउँदै गरेको एन एल ओ आइ डी ८०३१ नम्बरको मालवाहक भारतीय नम्बर प्लेटको १८ चक्के कन्टेनर अनियन्त्रित भई पल्टिएर किच्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कन्टेनर उचालेर किनारा लगाउने क्रममा कन्टेर अनियन्त्रित भइ राजमार्गमा गुडिरहेको ना १ ह ८८२४ नम्बरको अटो, ना १ ज ७७८६ नम्बरको सुमो, ना ५ ख ५११३ र ना ५ ख ३१४० नम्बरको दुइ ओटा बस, बा ६६ प ६२१३ नम्बरको मोटरसाइकल, भे १ क ६३१ नम्बरको आइचर र को २ च २२६७ नम्बरको बोलेरोलाई ठककर दिएको प्रहरीले बताएको छ ।

सडकमा बिग्रिएर रोकिराखेको कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनर पल्टिएको हो । सडकमै विग्रिपछि सोमबार राती ११ बजेदेखि उक्त सडकखण्डमा सवारी संचालनमा समस्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*