मालवाहक कन्टेनरले थिचेर हेटौडामा २ जनाको मृत्यु
मकवानपुरको हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले थिचेर २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनामा ३ जना घाइते भएका छन् । कन्टेनरले थिचेर हेटौडा ९ लामसुरेका २८ वर्षिय सुजन ढकालको मृत्यु भएको हो ।
अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सडकमा बिग्रिएर रोकिराखेको कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनरले थिचेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेको अटो, सुमो र मोटरसाइकललाई थिचेको बताइएको छ ।
सामान बोकेको एन एल ओ आइ डी ८०३१ नम्बरको मालवाहक भारतीय नम्बर प्लेटको १८ चक्के कन्टेनर सडकमै विग्रिपछि आज बिहान ११ बजेदेखि उक्त सडकखण्डमा सवारी संचालनमा समस्या भएको थियो ।







