अपडेटः गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना अझै वेपत्ता

छहारी संवाददाता
साउन ७, २०७६

गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक र ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भइसकेको छ । ३ जना अझै वेपत्ता छन्।

आइतबार राति गएको पहिरोले सत्यवती गाउँपालिका गुल्मीमा ५ घर पुरिएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ।पहिरोमा पुरिएर ३ ठुलोलुम्पेकका ३० वर्षीय तिलकुमारी तरामु, १० वर्षीय दर्शन तरामुको मृत्यु भएको छ।

त्यस्तै, वडा नम्बर ४ का लिम्घाका ६५ वर्षीय छल्लली विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक, १० वर्षीय हेमन्त विकको मृत्यु भएको स्थानीयले बताएका छन्।

स्थानीय १० वर्षीय करिस्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ। सत्यवती गाउँपालिका गुल्मीको दुर्गम क्षेत्रमा पर्दछ।आइतबार राति ३ बजेदेखि पहिरो गएको स्थानीयले बताएका छन्।

यस्तै पहिरोमा पुरिएर ४ स्थित भिरकुनामा स्थानीय ३२ वर्षीया निर्मला विक, २९ वर्षीय पम्फा विक, १२ वर्षिय अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीय छली विक, ९ वर्षीय सिवानी विक, ९ वर्षीय तारा विकको ज्यान गएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*