बाढी पहिरोमा परी ६ जनाको मृत्यु

छहारी संवाददाता
साउन ७, २०७६

गुल्मीमा बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिकाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा अञ्जली विक, हेमान्सु विक, पम्फा विक र निर्मली विक रहेका छन् । अन्य ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

यस्तै, सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको छ ।

घरले थिचेर ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको मृत्यु भएको हो । गम्भिर घाइते २ जनाको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*