तरुण दल मकवानपुरले गर्यो रक्तदान

छहारी संवाददाता
साउन ७, २०७६

नेपाल तरुण दल मकवानपुरले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जननायक विपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर तरुण दल मकवानपुरले हेटौंडामा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

तरुण दल मकवानपुरका सभापति ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला समितिका पदाधिकारी, पार्टीका क्षेत्रिय समितिका सभापतिहरु, नगर सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेसका विभिन्न भातृसंस्था र शुभेच्छुक संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*