मकवानपुर उद्योग वाणिज्यद्धारा आज हेटौंडा बजार बन्द

मकवानपुर उद्योग वाणिज्य संघले आज बजार बन्द गरेको छ ।
मकवानपुर उद्योग वाणीज्य संघले सरकारले लागु गरेको ९भिसिटिएस०ले साना ब्यवसायीहरु मारमा परेको भन्दै आज सरकारलाई दवाव दिनको लागि बजार बन्द गर्नु परेको बताएको छ ।
संघले आज बजार बन्द गर्नु अघि विरोध र्याली निकाली बजार परीक्रमा गरेको थियो .मकवानपुर उद्योग वाणिज्य संघले हिजो हेटौँडाका ब्यवसायीहरुको भेला गरेर आज बजार बन्द गर्ने निर्णय गरेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका प्रवक्ता काब्यमणी अधिकारीले ब्यवसायीहरुले आफ्नो इच्छाले बजार बन्द गर्न लागेको जानकारी गराउनुभएको थियो ।
सरकारले ल्याएको उक्त प्रणाली लागू गर्न समयको माग गर्नुपर्ने भन्दै केहि ब्यवसायीहरुले भने उद्योग वाणिज्य संघको यो कदम गलत रहेको विभिन्न माध्यम मार्फत अभिब्यक्ति दिएका छन् ।







