प्रदेश ३ र ५ मा मध्यमदेखि भारी वर्षा, सचेत रहन आग्रह

छहारी संवाददाता
साउन ७, २०७६

अहिले प्रदेश ३ र ५ का पहाडी तथा हिमाली क्षेत्रमा  मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार अहिले प्रदेश तीनका मकवानपुर, धादिङ, सिन्धुली र आसपासका क्षेत्रमा मध्यम तथा भारी बर्षा भईरहेको छ ।

यस्तै बारा, पर्सा, रौतहट, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, तनहुँ, गोरखा, लमजुङ, लगायतका क्षेत्रमा पनि मध्ययम तथा भारी वर्षा भइरहेको छ । 

वर्षा थप हुने देखिएकाले ससाना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

सम्भावित जोखिम तथा क्षति कम गर्न सतर्क रहनुपर्ने देखिएको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*