कम्युनिस्टहरूको राष्ट्रबादि नारामा देशभक्ति छैनः रामचन्द्र पौडेल

छहारी संवाददाता
साउन ६, २०७६

नेपालि काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको राष्ट्रबादि नारामा देशभक्ति नरहेको टिप्पणी गर्नु भएको छ ।

जननायक विशेस्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा हेटौडामा आयोजित कार्यक्रममा उहाले कम्युनिस्टहरू सुरूदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिहरूको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाउनु भयो ।

उहाँले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्नुभयो । नेता पौडेलले कम्युनिस्ट पार्टिको विकल्पका रूपमा नेपाली काङ्ग्रेस लाई उभ्याउनु पर्ने भन्दै पार्टिले जनताको भरोसा जित्न नसक्नुको कारण माथि आत्मसमिक्षा गर्न जरूरि रहेको बताउनु भयो ।

विपिको आदर्शलाइ आत्मसात गर्न सकेमा मात्र पार्टि बलियो हुने र आफ्नो गल्ति स्विकार गर्न सकेमा मात्र विपिको अनुयायी भन्न सुहाउने उहाको जिकिर थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*