आर्थिक वर्ष २०७५/०७६ मा हिंसात्मक घटनाको दर्ता बृद्धि

छहारी संवाददाता
साउन ६, २०७६

गत बर्षको तुलनामा आब २०७५/०७६ मा हिंसात्मक घटनाको दर्ता बढेको एक तथ्याङ्कले देखाएको छ ।

हेटौडा अस्पतालले आयोजनामा गरेको लैङिगक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिको बार्षिक समीक्षा गोष्ठिमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।

समन्वय समितिका फोकल पर्सन बालकुमारी ढकालले प्रस्तुत गर्नुभएको कार्यपत्रमा  ०७३/०७४ मा मकवानपुरका गाउपालिका बाट १४२, ०७४/०७५ मा १६२ र ०७५/०७६ मा १४१ जना रहेको पाइएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै थाहा नगरपालिका तथा हेउपमनपा बाट क्रमश १५५, २१८ र ३५६ जना रहेका छन भने अन्य जिल्लाबाट क्रमश २४, ३१ र १५ रहेको देखाएको छ ।

त्यस्तै गरि हिंसा पिडितहरू विभिन्न निकायहरू वाट सिफारिस भइ आउने भन्दा आफै समिति समक्ष आउनेको संख्या बढी देखिएको छ जसमा आफै आउने ०७३/०७४ मा १५१, ०७४/०७५ मा १६२, ०७५/०७६ मा २५८ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय मार्फत आउने ०७३/०७४ मा ११२, ०७४/०७५ मा १७१, ०७५/०७६ मा १८२ रहेका छन । यस्तै जिल्ला सेवा केन्द्र मार्फत आउने ०७३/०७४ मा १६, ०७४/०७५ मा २२ र ०७५/०७६ मा १५ रहेका छन भने संघ संस्था मार्फत आउने ४१,५६ र ५७ रहेका छन ।

कार्यपत्र प्रस्तुत गर्दै ढकालले ०७५र०७६ मा ५१२ जना प्रभावितलाइ सेवा प्रदान गरेको, २०५ जनालाइ फलोअप सेवा, २७० जनालाइ मनोविमर्श सेवा प्रदान गरेको जानकारि गराउनु भयो ।

यस्तै १४ जना हिंसा पिडित महिलाहरूलाइ जिविकोपार्जनको लागि राहत वितरण गरि उक्त समुहले समिति गठन गरि वचत संकलन गर्ने गरेको जानकारि गराउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा समन्वय समितिका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा अस्पतालका प्रमुख मे.सु. प्रविन श्रेष्ठ जिल्ला न्यायधिवक्ता हरिप्रसाद भट्ट, हेटौडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, माइती नेपालकी माया लामा लगायत करिव ४० जनाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*