हिंसामा परेकाको गुनासो सुनिदिने भरपर्दो निकाय छैनः अस्मान तामाङ

छहारी संवाददाता
साउन ६, २०७६

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हिंसा न्युनिकरण सम्बन्धी कार्य गर्न समस्या भएको बताउनु भएको छ ।

हेटौडा अस्पतालले आयोजनामा गरेको लैङिगक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिको बार्षिक समीक्षा गोष्ठिमा उहाँले हिंसामा परेकाको गुनासो सुनिदिने सम्बन्धित भरपर्दो निकाय नहुँदा पिडितहरू कुन निकायमा जाने भन्ने अन्यौलता रहेको बताउनु भयो ।

समन्वय समितिका अध्यक्ष समेत रहनु भएका तामाङले हिंसा पिडितहरूले  परिवारको इज्जतको ख्याल गरेर गोपनियता कायम गर्न खोज्दा पिडकहरू अझ हिंसा गर्न प्रेरित हुने गरेको जिकिर गर्नुभयो ।

उहाँले पिडितले आवाज उठाइहाले पनि राजनितिक संरक्षणका कारण पिडकलाई कारबाहि नहुने कतिपय घटना देखिएकाले यसको समीक्षा गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले अस्पताल व्यवस्थापन समितिले पिडितका लागि दान संकलन कार्य गर्नुपर्ने भन्दै पिडितहरूलाइ राख्ने सुरक्षित स्थानको अभाव रहेको समेत औंल्याउनुभयो ।

प्रजिअ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा अस्पतालका प्रमुख मे।सु। प्रविन श्रेष्ठ जिल्ला न्यायधिवक्ता हरिप्रसाद भट्ट, हेटौडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, माइती नेपालकी माया लामा लगायत करिव ४० जनाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*