वि.पीको सम्झना
विशेस्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज हेटौडामा विचार गोष्ठीको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस मकवानपुर र वि.पी स्मृति ट्रस्ट काठमाडौंको संयुक्त आयोजनामा भइरहेको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमूख आतिथ्यता रहेको छ ।
ट्रस्टका निर्देशक हर्ष कोइरालाको सभापतित्वमा भइरहेको कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानिया, जीवन डंगोल, सन्त प्रजा, नेका केन्द्रीय सदस्य किरण यादब, महालक्ष्मि डिना उपाध्याय, ट्रस्टका महासचिव रामचन्द्र पोखरेल लगायत करिव ७०० जनाको उपस्थिति रहेको छ ।







