मेलम्चीको पानी काठमाडौं झार्न नदिने चेतावनी

छहारी संवाददाता
साउन ६, २०७६

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले पैसा नदिएको भन्दै सप्लायर्स र मजदुर आन्दोलमा होमिएका छन् ।

उनीहरुलाई स्थानीय जनप्रनिधिले पनि साथ दिएका छन् । मजदुर र सप्लायर्सले डेढ अर्बभन्दा बढी रकम भुक्तानी पाएका छैनन् ।

पीडितले बाँकी रकम भुक्तानी नहुँदासम्म काम सुरु गर्न नदिने चेतावनी दिएर आन्दोलनको तयारी गरेका हुन् । सहायक निर्माण कम्पनी, सप्लायर्स र कामदारको बाँकी रकम दिनुपर्ने निकायले नै ठेक्का तोडेर भागेपछि उनीहरु अलपत्र बनेका छन् ।

उनीहरुले आयोजनाको पैसा नभई ठेकेदार कम्पनीको जफत गरेको पैसा सरकारले आफूहरूलाई दिलाई दिनुपर्ने माग गरेका छन् ।

निर्माण कम्पनीले काम छाडेपछि मेलम्ची खानेपानी विकास समितिले कम्पनीबाट झन्डै चार अर्ब रुपियाँ जफत गरेको छ । दुई अर्ब दस करोड रुपियाँ धरौटी जफत भएको छ ।

एक अर्ब रुपियाँ डिस्प्युट बोर्डले काम गरे बापतको कम्पनीलाई भुक्तानी दिनु भनी निर्णय गरिसकेको रकम बाँकी छ । कम्पनीको उपकरण र स्टक म्याटिरियल झन्डै एक अर्ब रुपियाँको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*