अधिकांश स्थानमा वर्षा

छहारी संवाददाता
साउन ६, २०७६

देशको पूर्वी क्षेत्रका अधिकांश स्थानमा आज वर्षा भइरहेको छ ।

मनसुन न्यून चापिय रेखा नेपालको  दक्षिणतिर रहेको र बंगालको खाडीबाट प्रवेश  गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु भागमा सामान्य देखि पूर्ण बदली भई केहि स्थानमा मेघ गर्जन सहित वर्षा भईरहेको छ । पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली भई १/२ स्थानमा वर्षा भईरहेको छ ।

आज दिउँसो देशको पूर्वी र मध्य भू भागमा सामान्य देखी पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ । पूर्वका र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानमा वर्षा हुने जनाइएको छ ।

पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज राती देशको पूर्वी र मध्य भू भागमा सामान्य देखि पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ ।

देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा  भारी वर्षा हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*