नागरिक संवाद कार्यक्रम हेटौडामा सम्पन्न

नेपाल कानुन समाजद्वारा संचालित नागरिक संवाद कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ ।
असार महिनामा संघिय संसदमा के के विधेयक सम्पन्न भए भन्ने सम्वन्धमा बरिष्ठ अधिवक्ता रघुनाथ खरालले जानकारि गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं ४ मा वडाध्यक्ष नवीन सिग्देलले आम समाजमा फिर्ता भएका विधेयकको मात्र परिचर्चा भएको , संघको मात्र होईन स्थानिय तहको पनि सदन र बहस चल्नुपर्ने बताउनुभयो ।
स्थानिय तहमा परिकल्पना गरे बमोजिमको स्रोतसाधन, कार्यक्षमता, जनसक्ति नरहेको जसले गर्दा कानुन कार्यान्वयन गर्न कठिनाइ रहेको जानकारि गराउनुभयो ।
त्यसैगरि नेकपा मकवानपुरका नेताले नागरिक संवाद मात्र गरेर नहुने सरोकारवाला संग बसेर समीक्षा समेत गर्नुपर्ने, संघिय ऐन अनुसार प्रदेश र स्थानिय कानुन बनाउदा बाझिने किसिमको हुन नहुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय सरोकार वाला शिक्षक शिक्षिका हरूको उपस्थिति रहेको थियो ।







