वी.पीको ३७ औं स्मृति दिवसमा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

जननायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आईतबार विहान नेपाली कांग्रेस ३ नम्बर समितिले हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिका सभापति तारानाथ चौलागाईको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा फलफुल वितरण गरिएको हो ।
जननायक वी.पी.को ३७ औं स्थापना दिवसको अवसर पारेर हेटौंडा अस्पतालमा रहेका करिब २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरिएको क्षेत्रीय सभापति चौलागाईले बताउनुभयो ।







