काम गर्ने निकायलाई बजेट बढाइदिनु पर्छः यादव

छहारी संवाददाता
साउन ५, २०७६

राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितीको प्रदेश स्तरिय समीक्षा गोष्ठि आज हेटौडामा सम्पन्न भएको छ ।

समितीका केन्द्रिय अध्यक्ष विरेन्द्र यादवले कार्यक्रममा सरकारले जसले काम गर्न सक्छ उसको बजेट बढाइदिनु पर्ने बताउनु भएको छ ।

आव २०७५/०७६ मा सरकारले आफ्नो कुल बजेटको करिव २५ प्रतिशत मात्र विकास कार्यक्रममा खर्च गर्ने गरेको तर समितिले कुल बजेटको ९१.६३ प्रतिशत रकम विकासमा लगानि गरेको बताउँदै उहाँले राष्ट्रिय गौरबका आयोजना अन्तर्गतको चुरे संरक्षण कार्यक्रमका लागि सरकारले माग गरेको रकमको आधा पनि स्वीकृत नगरेको हुदा प्रत्यक्ष रूपमा विकास कार्यक्रममा प्रभाव परेको वताउनुभयो ।

समाज र राज्यको चेतना स्तर न्युन रहंदा स्थानिय तहमा काम गर्न कठिन रहेको बताउदै उहाँ ले गत बर्षका लागि १२ अर्बको वजेट माग गर्दा १ अर्ब ६६ करोड मात्र स्वीकृत हुनुले चेतनाको स्तर निर्धारण गरेको बताउनुभयो ।  

जोखिमयुक्त र अति संबेदनशिल क्षेत्रहरू पहिचान गरि संरक्षणका योजना वनाउने, प्राकृतिक स्रोत साधनलाई कम क्षति पुग्ने गरि विकास योजना संचालन गर्नुपर्ने राष्ट्रपति चुरे तराइ मधेष संरक्षण विकास समितीको ३ नं प्रदेश क्लस्टर प्रमुख हिमालि दहालले बताउनुभयो ।

३७ वटा जिल्लाको ३९२५२०४ हेक्टर क्षेत्रफल र १४७४८६७२ जनसंख्या प्रभावित रहेको उक्त आयोजनामा ३ नं प्रदेश अन्तर्गत ८ वटा स्थानिय निकायहरू समेटियका छन ।

कार्यक्रममा समितिका कम्प्युटर अधिकृत क्षितिज श्रेष्ठ, तथ्याङ्क शाखा सहायक विष्णु देवि शर्मा स्थानिय जनप्रतिनिधिहरू काे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*