प्रहरीमाथी गोली चलाउने तस्कर पक्राउ, हातहतियार सहित लागुऔषध बरामद (फोटो फिचर)

छहारी संवाददाता
साउन ५, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कटुवा पेस्तोल, गोली र लागुऔषध सहित पक्राउ परेका एक जनालाई आज सार्वजनीक गरेको छ ।

प्रहरीले मनहरी गाउँपालिका १ ढुङगेन बस्ने ४३ वर्षका कुमार स्याङतान भन्ने राजु स्याङतानलाई पेस्तोल, गोली र लागुऔषध सहित मनहरी गाउँपालिका ९ रजैयाबाट गएराती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले उनको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र ३१ किलो ४ सय ग्राम लागुऔषध बरामद गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।

उनी लामो समय देखि तस्करीमा सम्लग्न रहेको सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको टोलीले गएराती करीब सवा १२ बजे राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै पर्सा तर्फ गाँजा लाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा एम्बुस थापेर घेरा हालेको थियो ।

घेरा हाल्ने क्रममा ४/५ जनाको समुहले प्रहरीलाई देखि फाइरिङ सुरु गरेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायरिङ गरी स्याङतानलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक अनिश बुढाथोकीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिने क्रममा एक जना प्रहरी घाइतेसमेत भएको उहाँले बताउनुभयो ।

उनलाई हातहतियार खरखजाना सम्बन्धि कसुरमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने तथा ज्यान मार्ने नियतले गोली चलाएको हुँदा १० वर्षसम्म कैद र १ लाख रुपैयासम्म जरिवाना, पटके कायम गरी एकिकृत कसुरमा थप सजाय हुने एसपी सिंहले बताउनुभयो ।

पक्राउ परेका स्याङतानले यसअघि १ सय किलो गाँजा सहित किर्तिपुर नगरपालिका १६ बाट पक्राउ परी सजाग भोगसिकेको एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*